वि.सं:
नेपाल संवत: ११४६ चौलाथ्व पञ्चमी - ५
परिचय
वन क्षेत्रको संरक्षण,सम्बर्द्दं र सदुपयोगको लागि वि.स. २०४० सालमा विकेन्द्रीकरणको भावना र मर्म अनुसार ५ वटा क्षेत्रिय वन निर्देशनालय र ७५ वटै जिल्लामा जिल्ला वन कार्यालयको रुपमा स्थापना गने नीति अनुसार आ.व. २०४३/०४४ मा जिल्ला वन कार्यालय सुर्खेतको रुपमा स्थापना भएकोमा देशमा संघीय संरचना लागु भए पश्चात २०७४/०४/०१ देखि सुर्खेत जिल्लाको वन क्षेत्र व्यवस्थापनको लागि २ वटा डिभिजन वन कार्यालयहरु सुर्खेत (भेरी) र सुर्खेत (वीरेन्द्रनगर) को स्थापना संगै यस कार्यालयको नाम डिभिजन वन कार्यालय, भेरी ,बाबियाचौर सुर्खेत रहन गएको हो। जिल्लाका ९ वटा स्थानीय तह मध्य ३ वटा (पंचपुरी नगरपालिका,चौकुने गाउँपालिका र बराहताल गाउँपालिका) यस कार्यालयको कार्य क्षेत्र भित्र पर्दछन। यस डिभिजन वन कार्यालय मातहत ६ वटा सब-डिभिजन वन कार्यालय ( बेतान कर्णाली सब-डिभिजन वन कार्यालय, चौकुने सब-डिभिजन वन कार्यालय, पंचापुरी सब-डिभिजन वन कार्यालय, बड्डीचौर सब-डिभिजन वन कार्यालय, लेकगाउँ सब-डिभिजन वन कार्यालय र बराहताल सब-डिभिजन वन कार्यालय) रहेका छन।