हाम्रो मिशन

Mission

जनसहभागितामूलक दिगो वन व्यवस्थापनमार्फत वातावरण संरक्षण र नवप्रवर्द्धनमा आधारित हरित अर्थतन्त्रको विकासद्वारा रोजगारी तथा आयआर्जनका अवसरहरु सृजना गरी समुदायहरुमा समृद्धि ल्याउनु । लक्ष्यहरु (Goals) वन, वातावरण र जैविक विविधताको संरक्षण तथा दीगो व्यवस्थापन सुनिश्चित गर्नु । जनसहभागितामूलक वन  व्यवस्थापनमार्फत हरित अर्थतन्त्रको विकास गर्नु । नवप्रवर्द्धनमा आधारित वन-उद्यम, रोजगारी र आयआर्जनका अवसर विस्तार गर्नु । समुदायको सामाजिक-आर्थिक समृद्धि र जीवनस्तरमा सुधारमा योगदान पुरयाउनु । सुशासन, पारदर्शिता र संस्थागत क्षमता सुदृढ गर्नु । उद्देश्यहरु (Objectives) वन, वातावरण र जैविक विविधताको संरक्षण तथा दीगो व्यवस्थापन सुनिश्चित गर्न वनक्षेत्रको संरक्षण, सम्वर्द्धन र सदुपयोगलाई दीगो तुल्याउने । वन डढेलो, अवैध कटानी, चोरी शिकारी/निकाशी र वन अतिक्रमणलाई रोकथाम/नियन्त्रण गर्ने । भू-संरक्षण, जलाधार व्यवस्थापन र जलवायू अनुकूलन कार्यक्रम सञ्चालन गर्ने । जनसहभागितामूलक वन व्यवस्थापनमार्फत हरित अर्थतन्त्रको विकास गर्न सामुदायिक वन उपभोक्ता समूहमा महिला, दलित, आदिवासी/जनजाति र युवाको सार्थक सहभागिता बढाउने । वन व्यवस्थापनमा स्थानीय ज्ञान र अभ्यासलाई समावेश गर्ने । नवप्रवर्द्धनमा आधारित वन-उद्यम, रोजगारी र आयआर्जनका अवसर विस्तार गर्न नवप्रवर्द्धन, प्रविधि हस्तान्तरण र हरित उद्यमशीलता प्रवर्द्धन गर्ने । जडिवुटी, गैह्रकाष्ठ वन पैदावार र वनमा आधारित उद्यम र मूल्य श्रृंखला विकास गर्ने । पर्यापर्यटन (Eco-Tourism) र प्रकृतिमैत्री व्यवसाय विस्तार गर्ने । समुदायको सामाजिक-आर्थिक समृद्धि र जीवनस्तरमा सुधारमा योगदान पुरयाउन वन व्यवस्थापन, उद्यम र सेवामा स्थानीय रोजगारी सृजना गर्ने । सीप विकास, तालीम र सहुलियतपूर्ण वित्त/बजार पहुँच बनाउने । सुशासन, पारदर्शिता र संस्थागत क्षमता सुदृढ गर्नु वन नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने । पारदर्शी सेवा प्रवाह, अनुगमन मूल्याङ्कन प्रणाली सुदृढ गर्ने । स्थानीय सरकार निजीक्षेत्र र विकास साझेदारसँग समन्वय र साझेदारी बढाउने ।

लक्ष्यहरु

  वन, वातावरण र जैविक विविधताको संरक्षण तथा दीगो व्यवस्थापन सुनिश्चित गर्नु । जनसहभागितामूलक वन  व्यवस्थापनमार्फत हरित अर्थतन्त्रको विकास गर्नु । नवप्रवर्द्धनमा आधारित वन-उद्यम, रोजगारी र आयआर्जनका अवसर विस्तार गर्नु । समुदायको सामाजिक-आर्थिक समृद्धि र जीवनस्तरमा सुधारमा योगदान पुरयाउनु । सुशासन, पारदर्शिता र संस्थागत क्षमता सुदृढ गर्नु ।